२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ।
शुक्रबार बिहानबाट सुरु भएको मतगणनाअनुसार हालसम्मको गणनामा रास्वपाका उम्मेदवार कृष्णकुमार कार्की १ हजार १६७ मतसहित अग्रस्थानमा रहेका छन्।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार दिलीपकुमार अग्रवाल ४४५ मतसहित दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डा. मीनेन्द्र रिजाल ३६७ मतका साथ तेस्रो स्थानमा छन्।
मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

















