२२ फागुन,वीरगञ्ज । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यस क्षेत्रमा शुक्रबार बिहान करिब सवा १० बजेदेखि मतगणना प्रक्रिया सुरु गरिएको हो।
पहिलो चरणमा बलरा नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो। सोही क्षेत्रबाट मतगणना सुरु गरिएकाले प्रारम्भिक परिणामप्रति राजनीतिक दल र उम्मेदवारहरूको चासो बढेको छ।
मतगणना कार्य जारी रहेको र क्रमशः अन्य क्षेत्रका मत पनि गणना गरिने जनाइएको छ।

















