Logo

२२ फागुन,सुनसरी  । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक कुमार चौधरी अग्रस्थानमा देखिएका छन्।

हालसम्मको मतगणनामा चौधरीले २६७ मत प्राप्त गरेका छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार भगवती चौधरीले ११० मतसहित पछ्याइरहेकी छन्। त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले ९२ मत प्राप्त गरेका छन्।

मतगणना प्रारम्भिक चरणमै रहेकाले परिणाममा अझै परिवर्तन हुन सक्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–३ बाट नेकपा (एमाले)की भगवती चौधरी ४० हजार ७७८ मतसहित विजयी भएकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनालीले ६ हजार ४५३ मत ल्याएका थिए।

हाल जारी मतगणनालाई स्थानीय राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।


सम्बन्धित समाचार