२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्यूठानको एक मात्र निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिक अग्रस्थानमा रहेका छन्।
हालसम्मको गणनाअनुसार सुशान्तले ५०५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा. गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जी.सी.ले १३४ मत पाएका छन्।
गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सूर्यबहादुर थापा क्षेत्री ४१,११८ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५,८१४ मत ल्याएकी थिइन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णप्रसाद पोख्रेलले ३,३१८ मत प्राप्त गरेका थिए।
निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्।

















