२२ फागुन,झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाह अग्रस्थानमा रहेका छन्।
हालसम्मको गणनाअनुसार वालेन्द्रले ५,२५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का के.पी. शर्मा ओलीले १,२४८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले १२९ मत पाएका छन्।
गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का के.पी. शर्मा ओली ५२,३१९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३,७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेलले ११,७५९ मत पाएका थिए।
निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्।

















