Logo

२२ फागुन,वीरगञ्ज ।प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्त अग्रस्थानमा रहेका छन्।

पर्सा–१ को पछिल्लो मतपरिणामअनुसार पन्तले ७९३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिल रुङटाले ४८० मत पाएका छन्। त्यस्तै नेकपा (एमाले) उम्मेदवार प्रदिप यादवले ३३० मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्।

गत २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा–१ बाट जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार प्रदीप यादव २२,५३७ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदी १६,२३७ मतान्तरले पराजित भएका थिए, जसले २०,९१७ मत प्राप्त गरेका थिए।


सम्बन्धित समाचार