२२ फाल्गुण, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को चुनावी भिडन्तले यतिबेला देशभरको ध्यान खिचेको छ ।
रास्वपाका उम्मेदवार बालेन शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मतान्तरलाई झन् फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो प्राप्त परिणामअनुसार बालेनले ५ हजार १२३ मतको बलियो अग्रता लिएका छन् ।
बालेनले ५ हजार २५४ मत प्राप्त गर्दा ६ पटकसम्म यस क्षेत्रबाट निर्वाचित भइसकेका पूर्वप्रधानमन्त्री ओली १ हजार ४२८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
झापामा बालेनले अग्रता लिइरहँदा काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाले आफ्नो जितको खाता खोलिसकेको छ। रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने दर्शना १५ हजार ४५५ मतका साथ विजयी भएकी छिन् ।

















