२२ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले यतिबेला मुलुकभर एउटा नयाँ र शक्तिशाली लहरको संकेत गरिरहेको छ ।
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो बुलेटिनअनुसार, काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनले १५ हजारभन्दा बढी मतका साथ आफ्नो जित सुनिश्चित गर्दा प्रतिस्पर्धीहरू निकै पछाडि पारेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।

















