Logo

 २२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठले आफ्नो प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार सुमन सायामीलाई व्यापक मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। प्राप्त मत अनुसार श्रेष्ठले २४,५९२ मत प्राप्त गरे भने सायामीले केवल ३,२१७ मत पाएका छन्।

यो परिणामसँगै काठमाडौं–८ मा रास्वपाका उम्मेदवारले स्पष्ट सफलता पाएका छन्। मतगणना अधिकारीहरूले मतगणना प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको जानकारी दिएका छन्।

राजनीतिक विश्लेषकहरूले प्रारम्भिक परिणामले रास्वपाको लोकप्रियता र मतदातामा देखिएको नयाँ झुकावलाई पुष्टि गरेको टिप्पणी गरेका छन्।


सम्बन्धित समाचार