Logo

२२ फागुन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई तत्काल थुनामुक्त गर्न निर्देशन दिएको हो।

प्रसाईं हाल जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा थिए। उनीले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्ने निर्णय गरेको हो।

प्रहरीले उनलाई पछिल्लो पटक भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। अदालतको आदेशपछि प्रसाईंले पक्राउपछि लागेका सीमित स्वतन्त्रता फिर्ता पाउने छन्।


सम्बन्धित समाचार