Logo

२२ फागुन, रुकुम पूर्व। रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार, प्रचण्डले १० हजार २४० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतम र नेपाली कांग्रेसकी कुसुम देवी थापाले समान ३ हजार ८१ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखन कुमार थापाले ८१९ मत पाएका छन्।

यसपटक रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेको थियो। प्रचण्डले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तीन गुणा बढी मत ल्याएर आफ्नो स्थान सुरक्षित गरेका हुन्।


सम्बन्धित समाचार