२३ फागुन, महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गर्दै रास्वपाका महतो निर्वाचित भएका हुन् । यसैगरी, नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत प्राप्त गरेका छन् ।

















