Logo

२३ फागुन,वीरगञ्ज । पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशील कुमार कानु भारी मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुले नेपाली कांग्रेसका अजय चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। कानुले कुल ३० हजार ७४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौरसियाले ११ हजार ८९० मत पाएका छन्।

यसैगरी नेकपा (एमाले)की उम्मेदवार रिमा यादवले ११ हजार ६०५ मत प्राप्त गरेकी छन्।

नवनिर्वाचित सांसद कानुको राजनीतिक यात्रा भने स्थानीय तहबाट सुरु भएको हो। उनी यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

पर्सा क्षेत्र नम्बर–२ मा कुल ९५ हजार १२० मतदाता रहेका थिए। तीमध्ये ६५ हजार ८७८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार