Logo

२३ फागुन,वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अंसारी विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई पछि पार्दै विजय हासिल गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अंसारीले ४१ हजार २०० मत प्राप्त गर्दै जित हात पारेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका किसान श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ७ हजार १२३ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सन्जु साहले ७ हजार ६२५ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहाले २ हजार ६७ मत प्राप्त गरेका छन्।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय मतान्तरसहित जीत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार