२३ फागुन,वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई पछि पार्दै विजय हासिल गरेका हुन्।
निर्वाचन परिणाम अनुसार साहले ४० हजार ६ सय ९७ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। नेकपा एमालेकी उम्मेदवार ज्वाला कुमारी साहले ५ हजार २ सय ७१ मत प्राप्त गरेकी छन्।
त्यस्तै जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले ३ हजार ८ सय १९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भरत प्रसाद साहले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साहले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका हुन्।

















