Logo

२४ फाल्गुण, काठमाडौं । मधेस राजनीतिको मियो मानिने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै गढमा ठूलो धक्का लागेको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीले अप्रत्याशित र भारी मतान्तरसहित सानदार जित हासिल गर्नुभएको छ । निर्वाचनको अन्तिम नतिजा अनुसार चौधरीले यादवलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै मधेसको राजनीतिमा नयाँ समीकरणको संकेत गर्नुभएको छ ।

विजयी उम्मेदवार अमरकान्त चौधरीले कुल ३२ हजार ८७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र यादव केबल १५ हजार २३९ मतमा खुम्चिनुभएको छ । साढे १७ हजारभन्दा बढीको यो विशाल मतान्तरले रास्वपाको घण्टीले मधेसका स्थापित शक्तिहरूलाई गम्भीर चुनौती दिएको पुष्टि गरेको छ । लामो समयदेखि मधेसको राजनीतिमा वर्चस्व कायम राख्नुभएका यादवका लागि यो पराजय राजनीतिक करियरकै एउटा कठिन मोड सावित भएको छ ।

यस क्षेत्रमा अन्य पुराना दलहरूको उपस्थिति निकै कमजोर देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार गुप्ताले ८ हजार ४२४ मत प्राप्त गर्दा नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत मात्रै जोड्न सक्नुभयो । चुनावी नतिजाको समग्र रुझान हेर्दा रास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत ९१३ लाख ८८ हजारभन्दा बढी० प्राप्त गर्दै देशभर आफ्नो पकड बलियो बनाउँदै लगेको देखिन्छ ।


सम्बन्धित समाचार