२४ फागुन,काठमाडौं ।एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्।
यससँगै पोखरेलले लुइँटेललाई केवल ५ मतले पछि पार्दै जीत सुनिश्चित गरेका हुन्।
मतगणनाको सुरुवाती चरणमा केही पछि परेका पोखरेलले अन्तिम समयमा मतान्तर उल्ट्याउँदै झिनो अन्तरले विजय हासिल गरेका हुन्।
ओखलढुंगामा यो निर्वाचन अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो।

















