Logo

 २६ फागुन,काठमाडौं । बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ भने उनीहरूसँगै गएकी अर्को किशोरी बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृतकहरू १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओली हुन्। बेपत्ता किशोरी १२ वर्षीया सपना ओलीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उर्मिला र कल्पनाको शव सानीभेरी नदी किनारमा करिब ५ सय मिटरको दूरीमा फेला परेको छ। प्रहरीले जनाएको छ कि उनीहरू हिजो छिमेकीको विवाहमा गएका थिए र घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने अनुमान गरिएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली खटाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार