२८ फागुन,महोत्तरी । सोनमा गाउँपालिका–६, मगरथानामा जमिनमा गाडिएको अवस्थामा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीयवासीले शङ्कास्पद रूपमा जमिनमा गाडिएको मोटरसाइकल देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।
सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डोबाट मोटरसाइकल निकालेर नियन्त्रणमा लिएको छ। फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ को सुपर स्प्लेन्डर रहेको प्रहरीले जनाएको छ। हाल उक्त मोटरसाइकल प्रहरी चौकी मगरथानामा राखिएको छ।
प्रहरीका अनुसार मोटरसाइकल कसले र किन जमिनमा गाडेर लुकाएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। मोटरसाइकलको वास्तविक मालिक र घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

















