२९ फागुन,काठमाडौं। स्थानीय बजारमा अमलाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार अमलाको भाउ घटेको देखिएको हो।
समितिका अनुसार शुक्रबार अमलाको थोक मूल्य प्रतिकिलो २० रुपैयाँले घटेको छ। बिहीबार प्रतिकिलो १ सय ३० रुपैयाँमा कारोबार भएको अमला शुक्रबार घटेर १ सय १० रुपैयाँमा झरेको छ।
अमिलो स्वादयुक्त अमला स्वास्थ्यका लागि लाभदायक फलका रूपमा चिनिन्छ। यसको सेवन सबै मौसममा फाइदाजनक मानिए पनि विशेषगरी जाडो मौसममा बढी प्रयोग गरिन्छ। अमलामा अन्य फलफूलको तुलनामा भिटामिन ‘सी’को मात्रा धेरै पाइने भएकाले स्वास्थ्यका लागि उपयोगी मानिन्छ।

















