Logo

३० फागुन,काठमाडौं । अमेरिकाले इरानका नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनीसहित १० जना शीर्ष इरानी अधिकारीको बारेमा सूचना दिनेलाई ठूलो रकम इनाम दिने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार ती व्यक्तिहरूबारे विश्वसनीय जानकारी दिने व्यक्तिलाई अधिकतम १ करोड अमेरिकी डलरसम्म इनाम प्रदान गरिनेछ।

सूचीमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली लारीजानी पनि समावेश छन्। लारीजानी केही दिनअघि इरानमा आयोजित अमेरिकाविरोधी प्रदर्शनमा देखिएका थिए। त्यस्तै मेजर जनरल रहिम सफावी, अली अस्गर हेजाजी लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको नाम पनि उक्त सूचीमा राखिएको छ।

अमेरिकाले ती अधिकारीहरूलाई क्षेत्रीय अस्थिरता, सुरक्षा चुनौती तथा अमेरिकी हितविरुद्धका गतिविधिसँग सम्बन्धित आरोप लगाउँदै उनीहरूसम्बन्धी जानकारी संकलनका लागि इनाम घोषणा गरेको बताइएको छ।

यस विषयमा इरान सरकारबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। यद्यपि, पछिल्लो समय अमेरिका–इरान सम्बन्धमा बढ्दो तनावका कारण यस्तो घोषणा गरिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।


सम्बन्धित समाचार