Logo

३० फागुन,चितवन । चितवनको माडी नगरपालिकाले पालिकाभित्रको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ। स्थानीय भू–उपयोग परिषदले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार भूमिको वर्गीकरण गरेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार माडीमा सबैभन्दा धेरै जमीन जङगलले ओगटेको छ। नगरपालिकामा कुल २१ हजार ८२४ दशमलब ४४ हेक्टर क्षेत्रफल रहेको छ भने यसमध्ये १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङगल क्षेत्र रहेको छ।

भू–उपयोग विवरण अनुसार ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषि योग्य, ३१५ दशमलब ५२ हेक्टर सार्वजनिक भूमि, १ हजार ९१८ दशमलब ८७ हेक्टर आवासीय, ५९ दशमलब ९३ हेक्टर व्यवसायिक, १० दशमलब ०२ हेक्टर औद्योगिक तथा ९ दशमलब ३१ हेक्टर सांस्कृतिक भूमिको रूपमा वर्गीकरण गरिएको छ।

भूमि बर्गीकरणको काम पूरा भइसकेकोले सम्पूर्ण विवरण वडा कार्यालयहरूमा पठाइएको छ। भूस्वामीलले यदि बर्गीकरणमा चित्त नबुझेमा आगामी चैत १ गतेसम्म भू उपयोग कार्यान्वयन निर्देशिका २०८१, खफा २८, उपदफा २ अनुसार निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

जगतप्रसाद भुषालले बताए अनुसार, निवेदन पेश गर्ने व्यक्तिहरूको विवरण अध्ययन गरी आवश्यक परेमा पुनर्विचार गरिनेछ।


सम्बन्धित समाचार