३० फागुन,काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुन्डुमा पार्टीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ।
बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गर्ने तथा समानुपातिकतर्फबाट विजयी हुने उम्मेदवारहरूको नाम समूहअनुसार अन्तिम टुंगो लगाउने एजेन्डा रहेको पार्टी स्रोतले जनाएका छन्।
पार्टी स्रोतका अनुसार बैठकमा निर्वाचन परिणाम, सङ्गठनात्मक अवस्था तथा आगामी राजनीतिक रणनीतिबारे समेत छलफल हुने बताइएको छ।
समानुपातिकतर्फको नामावली तय भएपछि औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

















