१ चैत,काठमाडौं । सरकारले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गृहमन्त्री Om Prakash Aryal लाई सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि Ram Chandra Poudel समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
संविधानअनुसार राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको सिट रिक्त रहेकाले सरकारले उक्त पदका लागि अर्यालको नाम सिफारिस गरेको जनाएको छ।
सरकारको सिफारिसपछि राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था रहेको छ। मनोनयन भएपछि अर्याल राष्ट्रियसभामा सदस्यका रूपमा प्रवेश गर्नेछन्।
















