Logo

२ चैत,काठमाडौं । नेपाली कांग्रेसका बारा जिल्ला सभापति राजेश राय यादवविरुद्ध प्रतिनिधिसभा निर्वाचनका बेला पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको छ।

नेपाली कांग्रेस बारा–३ क्षेत्रीय कार्यसमितिका क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले उक्त सिफारिस गर्दै जिल्ला सभापति यादवसहित नौ जनालाई कारबाही गर्न पार्टी केन्द्रमा प्रस्ताव पठाएका हुन्।

क्षेत्रीय कार्यसमितिले बारा–का प्रतिनिधिसभा उम्मेदवार फरमुल्लाह मन्सुरलाई चुनावका क्रममा सहयोग नगरेको आरोप लगाउँदै अनुशासनात्मक कारबाही गर्न सिफारिस गरेको जनाएको छ।

केन्द्रीय कार्यसमितिमा पठाइएको सिफारिस सूचीमा जिल्ला सभापति यादवका साथै जिल्ला सदस्यहरू रवीन्द्र यादव, रविकिरण साह कलवार लगायत अन्य नेताहरू पनि समावेश रहेको बताइएको छ।

पार्टी केन्द्रले उक्त सिफारिसमाथि अध्ययन गरेर आवश्यक निर्णय लिने बताइएको छ।

Screenshot


सम्बन्धित समाचार