Logo

२ चैत,वीरगञ्ज । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शून्य स्थान दिनुलाई सामाजिक विभेद दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्।

अध्यक्ष साहले भने, “दलित समुदायभित्र पनि अझ बढी अपहेलित मधेशी दलितलाई पूर्ण रूपमा बेवास्ता गर्नु सामाजिक न्याय समावेशी लोकतन्त्रको सिद्धान्त विपरीत हो। यसले मात्र समुदायलाई पछाडि पार्दैन, बरु हाम्रो संवैधानिक व्यवस्थामाथि नै प्रश्न खडा गर्दछ।”

उहाँले नयाँ दल पुराना दलबीच कुनै फरक नदेखिएको उल्लेख गर्दै, सबैले मधेशी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको बताए। साहका अनुसार, यो विभेदले देशको लोकतान्त्रिक अभ्यास संवैधानिक संरचनामाथि गम्भीर चुनौती खडा गरेको छ।

अध्यक्ष साहले सबै राजनीतिक दललाई मधेशी दलितको अधिकार प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्दै, राज्यका सबै निकायमा समान अवसर सम्मानजनक सहभागिता सुनिश्चित गर्न जोड दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै