Logo

१९ वैशाख,काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।

राईलाई ठगी मुद्दामा टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।राई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् ।

उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई सल्लाहकार रहेका थिए । साभार ः उज्यालो


सम्बन्धित समाचार