Logo

१९ वैशाख, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाएको छ ।

वीरगञ्जबाट पोखरा तथा काठमाण्डौतर्फ लैजाँदै गरेको ना.३ ख. ३९५० र ना.७ ख १६३१ नम्बरको मालवाहक ट्रक वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघरस्थित सडकखण्डबाट वैशाख १८ गते सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले रोकेर नियन्त्रणमा लिएको थियो ।

विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक समेत शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा १ करोड ६ लाख मूल्य बराबरको ट्रकभित्र लोड रहेको विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू जाँच गर्ने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिईएको सामान सहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।


सम्बन्धित समाचार