Logo

२० वैशाख,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालिन मालपोत अधिकृतसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराई, ज्याउल हक र एसानुल हक राकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो । उनीहरुमाथि पर्साको साविक अलौ गाविस वडा नम्बर ५ हाल वीरगञ्ज महानगर–१७ को कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको आरोप छ ।

आरोपितहरुले ऐलानी जग्गामा बनेको घर कानून विपरित भोगचलन गर्न हस्तान्तरण गरेका थिए । कानून विपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले समेत फाइदा लिएर नेपाल सरकारलाई हानी पु¥याएको पुष्टि भएकाले ज्याउल हक र एसानुल हक राकीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार