Logo

२० वैशाख,तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको बन्दिपुर गाउँपालिका –५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

पाँच जना घाइते भएका छन् । बुधबार विहान ९ः२० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदैगरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पैदल यात्रीहरु र सोही घरमा बस्ने तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि हाडजोर्नी अस्पताल आबुँखैरेनी तनहुँमा प्राथमिक उपचारका लागि लगिएको थियो ।

घाइतेहरुको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उहाँले जानकारी दिनुभयो । बन्दीपुर वडा –१ स्थायी घर भई हाल सोही पालिकाको वडा –५ निवासी, वर्ष १२ को आयुस भुजेल, वर्ष ६ कि आयुसा भुजेल, बर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको प्रनाउ खाणले जानकारी दिनुभयो ।

सोही ठाउँका वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाइते हुनुभएको छ । दुर्घटनापछि पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी खण्डमा यातायात अबरुद्ध भएको छ । घाइतेका आफन्त तथा स्थानीय वासिन्दाले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । अबरुद्ध राजमार्ग खुलाउने प्रयाश भइरहेको प्रनाउ खाणले जानकारी दिनुभयो ।साभार गोरखापत्र अनलाइन


सम्बन्धित समाचार