Logo

२१ वैशाख,वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएको दुई साता हुन लाग्दा पनि कसैले चासो नदिँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । तालाबन्दीको कारण कर्मचारीहरू घर बस्दा राष्ट्रिय परिचयपत्रको प्रमाणित, बिरामीहरूको सिफारिश लगायत कार्य प्रभावित भएको छ ।

पालिका अध्यक्ष मदनप्रसाद चौहानको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष र वडाध्यक्षहरुले लगाएको ताल्चा १२ दिन भन्दा बढी हुन थालेपनि खोल्न कहिकतैबाट चासो नदेखिएको स्थानियहरुले बताएका छन् ।

स्थानियबासिन्दाले कार्यालयमा नामको मात्र तालाबन्दी भएको आरोप समेत लगाएका छन् । उनीहरुले पालिकाका जनप्रतिनिधिहरुले व्यक्तिगत प्रतिशोधका कारण आफूहरुलाई दुख दिएको गुनासो गरेका छन् । त्यस्तै गाउँपालिकाले दिने सेवा सुविधा बाहेक अन्य सम्पूर्ण कामकाज भने भईरहेको उनीहरुको भनाई छ ।

तालाबन्दी गर्ने वडाध्यक्षहरुले वीरगञ्ज महानगरका प्रमुख प्रशासकिय अधिकृतको कक्षमा गई भुक्तानी लिने, ठेक्का लगाउने, सामानहरु खरिद गर्ने गरेको गुनासो स्थानियहरुको छ ।


सम्बन्धित समाचार