Logo

२३ वैशाख, वीरगञ्ज । वीरगञ्ज कलेजले आज स्वागत एवम् बिदाई कार्यक्रमको आयोजना गरेको छ । कलेजले स्नातक पहिलो तहको विद्यार्थीलाई स्वागत तथा स्नातक अन्तिम तहको विद्यार्थीलाई बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ उद्योगी हरि गौतमले विद्यार्थीले आफ्नो पढाईलाई अर्जुनदृष्टि राख्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार स्नातक तहका छात्रछात्रा बुझ्ने र समाजका बुद्धिजीवी वर्गमा पर्ने गर्छन् ।

त्यस्तै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य  र वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका निवर्तमान अध्यक्ष  सुबोध गुप्ताले स्नातक तहसम्मको अध्ययन सकिएसँगै अब विद्यार्थीको समाजमा उच्च स्थान रहने जानकारी दिनुभयो । उहाँले अब छात्रछात्रा राज्यको जिम्मेवार नागरिक भएको र देश बिकासको लागि उनीहरुको योगदान रहनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले स्नातक तहको अध्ययनले लोक सेवा आयोगको परिक्षामा समेत मद्दत पुग्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाँले आउँदो दिनको लागि उज्ज्वल भविस्यको शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा कलेजका ५ औं ब्याचलाई बिदाई गरिएको थियो ।

 


सम्बन्धित समाचार