Logo

२९ वैशाख,वीरगञ्ज । विश्व नर्स दिवसको अवसरमा यस बर्षको नारा ‘आवर नर्स, आवर फ्युचर’ नारा सहित मनाईदैँछ । वीरगञ्जको नारायणी अस्पतालस्थित नर्सिङ विभागले समेत यो दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारीबारे जानकारीमूलक प्रस्तुतिसँगै उनीहरुले केक काटेर नर्स दिवसको शुभकामना आदानप्रदान गरेका छन् ।

नर्सिङ पेशाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्ममिति अनुरुप नै १२ मे का दिन संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । सोही समयदेखि नै नारायणी अस्पतालले नियमित रुपमा यो दिवस मनाउँदै आएको छ । यसैबिच स्वास्थ्य पत्रकार संघले विश्व नर्स दिवसको अवसरमा नारायणी अस्पतालकी नर्स ईन्चार्ज हेमा थापालाई सम्मान गरेको थियो ।


सम्बन्धित समाचार