Logo

११ असोज, वीरगञ्ज । पवन ठाकुर, वीरगञ्ज– १६ नगवा निवासी हुन । उनको पढाइ प्रवीणता प्रमाण पत्र तहसम्म छ । अर्थात् २०२० मा उनले पल्स टु सकाए ।
परिवारिक आर्थिक अवस्था कमजोर रहेको हुँदा २४ वर्षे ठाकुरले पढाइलाई निरन्तरता दिन सक्ने अवस्था थिएन । त्यसपछि उनले निधो गरे–कुनै प्राइभेट कम्पनीमा काम गर्न ।

तर उनको भाग्य, त्यो पाउँन उनलै धौधौ मात्र भएन, धेरै ठाउँबाट निराशामै फर्किनुप¥यो । ४ वर्षदेखि उनको जीवनमा सुरु भएको यो सिलसिला अहिले पनि जारी छ । अर्थात् अझ पनि ठाकुरको समस्या ज्यूकात्यू छन् । कामका दौरान ठाकुरलाई पढाइसंगै अन्य सीप पनि सिक्नु प¥यो । कारण– उनी पहिला काम माग्न जाँदा सबै यो सिकेर आउँनु, त्यो सिकेर आउँनु भन्थे। जसले गर्दा काम पाउँने आसामा उनलाई सुझाइएको सबै काम वा तालिम उनी प्राप्त गरे। तैपनि बेरोजगार बस्नुपरेको उनको गुनासो छ ।

उनी भन्छिन्–आमाबुवालाई पाल्नुपर्ने समयमा अहिले उल्टै आमाबुवाले मलाई पालिरहनुभएको छ, जुनबाट मलाई आत्मग्लानी हुन्छ । ठाकुरको परिवारको ६ जना सदस्य छन् । आमा, बुवा, दाजु, भाउजु, भतिजा/भतिजी गरी ६ जनाको संयूक्त परिवार हो । ठूलो परिवार भएको हुँदा बुवा र दाजूले कमाएको पैसाले अहिलेसम्म घर चलिरहेको छ, त्यो पनि धौधौले । सीमित आम्दनी भएकोले घरमा कोही विरामी पर्दा झनै मुस्किल पर्छ, ग्राहो नै हुन्छ । तर जेनतेन गरी समस्या समाधान गरिन्छ ।

बेरोजगार हुँदा साथीभाइले पनि समेत नपत्याउँने गरेको ठाकुर बताउँछन् । उनी भन्छन्,‘विदेश जान साथीसंग पैसा उनीहरुले दिँदैन, बैंकसंग र सहकारी संस्था पनि धेरै अल्झाउने कुरा गर्छन् । त्यसकारण मलाई दिक्क लाग्न थालेको छ।’ बेरोजगारी ठाकुरलाई तनाव मात्रै दिएको छैन, माया प्रेम, भोक प्यास,निन्द्रा सबै उडाएको छ । वीरगञ्ज १५ भिस्वाका सनि झाको समस्या पनि ठाकुर भन्दा कम छैन । झा ०७२ सालमा विज्ञान विषयबाट १२ कक्षा पास गरे । उनको पनि परिवारिक आर्थिक अवस्था निकै कमजोर, बीचमै मार्नुप¥यो पढाइबाट ‘बीट’ ।

बुवा र दाइको पारिश्रमिकबाट घर परिवारको गुजारा भइरहेको छ । उनले भने, ‘आमा बुवाले धेरै पैसा खर्च गरेर गुणस्तरी कलेजमा पढाउनुभयो, १२ कक्षासम्म । त्यसपछि अगाडी पढ्न सम्पत्ति छैन, जागिर गरेर पढौँ त्यो पाइदैन ।’ पढाई सकिएको ८ वर्ष भयो । कामको खोजीमा थाकिसके तर कतै जागिर पाइदैन । उनले थपे,‘ कतै पाए पनि त्यहाँ बेइज्जत गरिन्छ, काम अनुसारको तलब दिइदैन, अहिले त राजनीतिक शक्ति र आसेपासेका मान्छेले मात्र जागिर पनि दिन थालिएको छ ।’

उनको बुझाई छ–युवाहरु बैदेशिक रोजगारीका लागि पलायन हुने मुख्यकारण नै सरकार हो । सरकारले दक्षता अनुसारको रोजगारीको व्यवस्था गरदिएको भए २२÷२३ वर्षकै उमेरमा युवाहरु विदेशिनु पर्दैन्थ्यो । उनको गुनसो छ– बीरगन्जलाई आर्थिक नगरी भन्छन,तर यही आर्थिक नगरीमा धेरै युवाहरु बेरोजगार छन् । जुन भनाइप्रति उनको चित्त बुझेको छैन ।

बेरोजगारीको चपेटामा खासगरी अशिक्षित, साधारण लेखपढ जानेका र प्लस टु सम्मका युवा जमात बढी छन् । देशमा बेरोजगारी बढ्दो छ । त्यसकारण बढ्दो बेरोजगारीले हातमा डिग्री लिएका युवाहरु पनि यसको चपेटामा छन् । सरकारले स्टार्टअप व्यवसयीका लागि त्यति सुविधा नदिएकाले युवाहरु दोधारमा झन । शिक्षित भएपनि त्यो सर्टिफिकेट कागजको खोस्टा मात्रै भएको छ। जसको कुनै काम छैन,दराजमा थन्किएको छ । पासपोर्ट लिनेको संख्या बढ्दो शिक्षित युवा जागिर नपाएर बेरोजगार भएपछि पछिल्लो समय देशभरिकै युवा विदेश जाने क्रम बढेको छ ।

यो समस्या पर्सा जिल्लामा पनि उत्तिकै छ । त्यसलाई प्रमाणित अरु काही जानै पर्दैन । राहदानी बनाउन युवाहरू जिल्ला प्रशासन कार्यालयमा लागेको लाइनले त्यो पुष्टि गर्न काफी छ । एक वर्षमा मात्रै राहदानी बनाउनेको संख्या ७ हजार ५ सय ४७ रहेको जिल्ला प्रशासन कार्यालयका पासर्पेट शाका प्रमुख बिशाल चौधरी बताउँछन् । यसरी नयाँ पासर्पोट बनाउनेमध्ये ६० प्रतिशत युवाहरुको जमात रहेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार ०७९/८० को दश महिनामै ७ हजार ५ सय ४७ जनाले राहदानी बनाएका छन् । जबकि ०७८/७९ को एक वर्षको अवधिमा ६ हजार एक सय ३० जनाले राहदानी बनाएका थिए । विदेशमा रोजगारी अध्ययनलगायतका लागि युवा राहदानी बनाउन आउने गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि हटाउँदैन बेरोजगारी

नेपाल सरकारले संचालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम पर्साका सबै पालिकाहरुमा सञ्चालित छ । ०७५ सालमै उक्त कार्यक्रम लागु भएको वीरगञ्ज महानगरपालिका अन्र्तगत प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक शाखाका ज्ञानु कुशवाहाले जनाए । कार्यक्रम अन्र्तगत केहि युवाहरुलाई तीन महिनाको रोजगारी दिने गरेको उनी बताउँछन् । उनले भने, ‘लागु त ०७५ सालमै भएको हो तर कार्यान्वयन भने ०७७ मा भयो, ‘कार्यक्रम अन्र्तगत फागुन महिनादेखि फारम भर्न सूचित गरिन्छ, त्यो पनि एक महिनाका लागि ।’

वडा कायालर्यबाट प्रमाण्ति भएर पालिकमा आएपछि त्यसलाई (ईएमएसई) को पोर्टलमा डाटा इन्ट्री गरिन्छ । डाटा ईन्ट्रीपछि सट लिस्टिङ्ग गरिन्छ । ईएमएसईको पोर्टलबाट सट लिस्टिङ्ग भएर आए पछि, बजेटको निमार्ण हुने गरेको उनको भनाइ छ । बजेट आइसकेपछि कुन वडाबाट कति जनाले फारम भरेका छन्, उनीहरुको लागी योजना बनाएर बजेट बाडफाँड गरिने उनले बताए ।

व्यापारीको बेग्लै तर्क

सोना शर्मा,व्यापारी : वीरगञ्जमा व्यापारीहरुको व्यापार नभएको कारणले युवालाई रोजगारमा राख्न समस्या हो । पहिले जस्तो व्यापार नै छैन, व्यापार नभएर पसल भाडा तिर्न समेत समस्या भएको छ । त्यसकारण रोजागरी कटौती भइरहेको छ ।

अमृत क्याल,कपडा व्यापारी : आर्थिक मन्दीका कारण रोजगारीको समस्या छ । अहिले जती पनी व्यापारी छन् सबैले आफ्नो व्यपार बचाउनको लागी रोजगार कटौती गरिरहेका छन् ।सबै मानिषहरुलाई आज भोली लाग्छकी सोसल मिडियाबाट पैसा कमाउन सहज हुन्छ भनेर त्यस कारणले युवाहरुको आज भोलीको बिचार काम भन्दा पनी ख्वाबमा बढि रहेको देखिन्छ ।

हरि गौतम, वरिष्ठ उपाध्यक्ष, वीरगञ्ज उद्योग वाण्ज्यि संघ

युवाहरुलाई रोजगारी प्रदान गर्न सरकारले लगानी नै छैन । जबकि युवालाई रोजगारी दिनैपर्छ । बेरोजगार युवा हुँदा देश विकास गर्न सक्दैन । युवा विदेशतर्फ बढी जाँदैछन, सरकारले युवालाई रोक्न के ग¥यो ? उल्टै युवालाई बिदेश पठाउन प्रेरित गरेको जस्तो सरकारको काम छ । युवा बिदेशिए देशमा रेमिट्यान्स भित्रिने र सरकारलाई फाइदा हुन्छ,जसका कारण सरकार पनि मौन झै रहँदै आएको छ । सरकारले युवालाई स्वदेशमै रोक्न कुनै निति नै नल्याएको कारण युवाहरु रोजगारीकै शिलशिलामा बिदेशिने क्रम बढेको छ ।


सम्बन्धित समाचार