Logo

२४ असोज,वीरगञ्ज । पर्साको विन्दवासिनीमा नयाँ बनेको तिलावे पुल सञ्चालनमा आएको वर्ष दिनमै पुलको ‘एप्रोच सडक’ भाँसिएको छ ।सात वर्ष लगाएर बनेको तिलावे पुल वर्ष दिनमै ‘एप्रोच रोड’ भाँसिएपछि सर्वसाधारण चिन्तित बनेका छन् ।

पुरानो पुलमा सधै ट्राफिक जाम हुने भएपछि केन्द्रीय बजेटमार्फत सरकारले अर्को नयाँ पुल बनाएको थियो । नयाँ पुल बनेपछि सडक जामको समस्याबाट नागरिकलाई राहत मिलेको थियो ।
दुइवटै पुलबाट आवगमन सुरुभएपछि घण्टौ लाग्ने जामबाट भने अहिले ग्रामिण भेगका आम नागरिकलाई ठूलो राहत मात्रै मिलिरहेको थिएन, हर्षित नै बनाएको छ ।

तर वर्ष दिनमै नयाँ पुलको दुबैतिर भाँसिएपछि फेरि पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ता पर्साबासीमा छाएको छ ।
पर्साको बहुदरमाइ वडा ७ निवासी शिवकुमार पटेललाई अझ बढी यो चिन्ताले सताइरहेको बताउँछन् । कारण–उनी राजगीर मिस्त्री हुन । गाउँबाट काम गर्न उनलाई सधै बीरगन्ज पुग्नुपर्छ, त्यो पनि समयमै ।

तर अहिले तिलावे भाँसिएपछि उनलाई पिरोलिरहेछ –‘फेरि पुरानै समस्या त दोहोरिदैन नि ? एउटै पुल हुँदा त्यसमा हुने ट्राफिम जामले घण्टौ ढिलोगरी काममा पुगेपछि साहुको कुरा पनि सुन्नुपथ्र्यो, तर अहिले भने त्यो समस्या हटेको थियो ।’

काम गर्ने मिस्त्री मात्रै होइन विरामी ओसारपसार गर्ने एम्बुलेन्स चालकलाई पनि पुल भाँसिएपछि चिन्ता बढाएको छ ।
ग्रामिण भेगबाट बढी विरामी ओसारपसार गर्नुपर्ने भएको हुँदा उनीहरुमा पनि तनाव छ–‘फेरि नयाँ पुल बन्द भयो भने पुरानै समस्या आउँछ, घण्टौ जाममा बस्नुपर्ने । जाममा पर्दा विरामीलाई पनि पीडा हुने, हामीलाई पनि ।’

तिलवा पुल भनेपछि चालकहरुमा ‘लास्ट’ तनाव हुन्थ्यो तर नयाँ पुल बनेपछि त्यो सब समस्या हटेको थियो ।’ अब फेरि भाँसिएपछि तनाव बढेको उनीहरुको पीडा छ ।

किन भाँसियो ?

नयाँ बनेको पुलको हाइट भुइँ भन्दा बढी स्ल्याब हुँदा यो समस्या आएको हुलाकी राजमार्गको कार्यालयले जनाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, विरगञ्जका सूचना अधिकारी संजय कुमार ठाकुरले तिलावे पुलको स्ल्याबको तीनवटा जालीको माटो खस्किदा भाँसेर गएको जनाए । भुइँ भन्दा पुलको करिब डेढ मिटर उचाइ भएको हुनाले पानी परेपछि पुलको एप्रोच रोड भाँसिएको उनको तर्क छ ।

एक पुल ठेकेदारका अनुसार पुल निर्माण भइसकेपछि त्यसमा रोलिङ गर्ने बेलामै ध्यान दिनुपर्छ, त्यसबेला ध्यान नदिँदा एप्रोच रोड ‘क्रेक’ हुने गरेको छ । उनले भने तर त्यहीबेला ध्यान दिइयो भने यो सब समस्या आउँदैन । उनका अनुसार ‘एप्रोच रोड’ बनाउँदा सुरुमा अर्थ फिलिङ, ग्रेवल, बेस र पीच गर्नुपर्ने हुन्छ। यही राम्रोसंग ध्यान दिएर काम भयो भने एप्रोच रोड भस्किने समस्या आँउदैन,’ उनले भने ।


सम्बन्धित समाचार