Logo

१९ पुस,वीरगञ्ज । मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएको छ ।

नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० अनुसार मधेस प्रदेशमा २.०२ प्रतिशतले कमी आएर विद्यालयको संख्या ३ हजार २५४ पुगेको छ । राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेसमा सामुदायिक विद्यालयको संख्या घटेपनि विद्यार्थीको संख्यामा भने वृद्धि भएको छ ।

समीक्षा वर्ष अर्थात् २०७९/८० मा मधेसमा ६.६९ प्रतिशतले विद्यार्थीको संख्या वृद्धि भई १२ लाख ६९ हजार ७०४ पुगेको छ । विद्यालयको संख्या घटेसँगै शिक्षक÷शिक्षिकाको संख्यामा समेत कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार समीक्षा वर्षमा मधेसमा १०.२३ प्रतिशतले शिक्षकको संख्यामा कमी आएपछि शिक्षकको संख्या १७ हजार २४ पुगेको छ ।

एकातर्फ सामुदायिक विद्यालयको संख्यामा कमी आएको छ भने अर्को तर्फ संस्थागत विद्यालयको संख्यामा ०.४१ प्रतिशतले वृद्धि भई ९ सय ६८ कायम भएको छ । यस्तै, संस्थागत विद्यालयमा शिक्षक÷शिक्षिकाको संख्या २.७८ प्रतिशतले वृद्धि भई ७ हजार २१७ कायम हुँदा विद्यार्थीको संख्यामा कमी भएको छ ।

राष्ट्र बैँकको प्रतिवेदन अनुसार संस्थागत विद्यालयमा १३.८१ प्रतिशतले कमी आई २ लाख ५० हजार ८३६ कायम भएको छ । यता, समीक्षा वर्षमा प्राविधिक शिक्षालय अन्तरगर्त शिक्षालयको संख्यामा ५.२६ प्रतिशतले कमी आई १ सय २६ पुगेको छ । यस्तै, विद्यार्थीको संख्यामा समेत २.०२ प्रतिशतले कमी आई १० हजार ६८१ पुगेको छ भने शिक्षकको संख्यामा १.९२ प्रतिशतले वृद्धि भई ४ सय ७७ पुगेको छ ।

मधेस प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा सरकारी र निजी दुबै अस्पतालको संख्यामा वृद्धि भएको राष्ट्र बैँकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। मधेसमा सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि भई २१ वटा पुगेको छ भने अस्पतालमा कार्यरत्त सरकारी चिकित्सकको संख्या २२ं४१ प्रतिशतले वृद्धि भई २ सय ९५ पुगेको छ ।

यस्तै, सरकारी अस्पतालको शैया संख्या ९.८८ प्रतिशतले वृद्धि भई १ हजार ३३५ पुगेको छ । निजी अस्पतालको संख्या भने ८.८७ प्रतिशतले वृद्धि भई १ सय ३५ पुगेको छ ।

यस्तै, त्यहाँ कार्यरत्त चिकित्सकको संख्या १०.८८ प्रतिशतले वृद्धि भई ८ सय ६६ पुगेको छ भने, अस्पतालको शैया ११.२६ प्रतिशतले वृद्धि भई २ हजार ६५८ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार