Logo

१८ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सको गोदाममा छापा मारेको छ ।

खुद्रा सामान बिक्रि गर्ने पसलमा शंकास्पद अवस्थामा सामान बिक्रिवितरण भइरहेको सुचनाका आधारमा एशियन पेन्ट्सको वालकुमारी र सतुंगलमा रहेको गोदाममा छापामारीएको महानिर्देशक महेश भट्टराई बताए ।

विभगका कर्मचारीले शुक्रबार कम्पनीको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा अनुगमन गर्दा उपभोग्य मिति सकिएको रङ्गलाई नयाँ मिति राखेर (रिलेबलिङ) गरि बजार पठाउने गरिएको फेला परेकाले गोदाममा भएको शंकास्पद सामान जफत गरिएको हो, भट्टराईले भने ।

विभागका महानिर्देशक महेश भट्टराईका अनुसार एशियन पेन्ट्सको दुईवटा स्थानको गोदाममा पुगेर अनुगमन गर्दा ८ हजार थान रङ्गको डिब्बा (टिनको डब्बा) रिलेबलिङ् गरेको पाइएकोले नियन्त्रणमा लिइएको जानकारी दिए ।

एशियन पेन्ट्सको गोदामबाट करिब १ करोड २० लाख मूल्य बराबरको सामान जफत गरिएको र यस विषयमा आइतबार देखि थप अनुसन्धान हुने महानिर्देशक भट्टराईले बताए । उनले उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार अपराधको अवस्था हेरेर बढीमा एक बर्ष जेल सजाय र तीन लाख जरिवाना हुने जानकारी दिए ।

विभागकाअनुसार उपभोग्य अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्य सहित रिलेबलिङ् गरिएको पाइएको छ । यस्तै गरी कम्पनीले बजारमा रङ्गहरु पठाउने गरेकोले कुन कुन ठाउँमा कसरी माल समान पठाएर उपभोक्ता ठगिएको छ त्यस विषयमा थप छानविन गरेपछि मात्र भन्न सकिने भट्टराईले बताए ।


सम्बन्धित समाचार