Logo

१ माघ, वीरगञ्ज । वीरगञ्जका पुराना पत्रकार एवं राजनीतिकर्मी स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार बृजलाल पासवानलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरि पत्रकार पसवानलाई सम्मान गरिएको हो । कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसियाले नगद ५० हजार राशी सहित कदरपत्रबाट पत्रकार पासवानलाई सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले राजनीतिक बाहेक पत्रकारिता क्षेत्रमा स्वर्गीय गोपाल गिरीको निष्ठापूर्ण योगदान गरेको चर्चा गर्नु भएको थियो ।

पुरस्कृत पासवान राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् । नेपाल पत्रकार महासंघको बैठकले उक्त पुरस्कार पासवानलाई दिने यस अघि निर्णय गरेको थियो ।

पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, पर्सा महासंघका पुर्व अध्यक्ष अशोक तिवारी ,स्व. गिरीका सुपुत्र गिरिश गिरी, , प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य लगायतले पुरस्कृत पासवानलाई बधाई दिएका थिए ।

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष अनुपतिवारीले जानकारी दिए ।

यो पुरस्कारबाट यसअघि वीरगञ्जका पत्रकार शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव सम्मानीत भइसकेका छन् ।


सम्बन्धित समाचार