Logo

७ माघ,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा आज विहान मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यर्थाीको घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

बीरगञ्जको वडा नम्बर १५ जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा बिहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जना एमबीबीएसमा अध्ययनरत विद्यर्थीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार मृत्यु हुनेहरुमा धनुषा ५ निवासी सुमित यादव र बारा सुवर्णपुर का संजित यादव रहेका छन् ।
मृतक दुबै जना बीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएसको दोस्रो वर्षमा अध्ययनरत रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले बतायो ।

मधेश प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भइ दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

 


सम्बन्धित समाचार