Logo

८ माघ,जनकपुर । धनुषामा अनागरिक रहेका दर्जनौँ मुसहर परिवारलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता वितरण गरेको छ ।

सोमबार जनकपुरधाम स्थित जिल्ला प्रशासन कार्यालयमा सामुहिकरुपमै मुसहर समुदायका १० जनालाई नागरिकता वितरण गरेको हो ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ बस्ने मुसहर परिवार नागरिकताविहीन रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले १० जनालाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।


नागरिकता नहुँदा विभिन्न समस्या भोग्दै आएका मुसहरलाई सहजरुपमा जिवनयापन र राज्यबाट पाउनुपर्ने सेवासुविधा उपभोगका लागि नागरिकता हस्तान्तरण गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

मुसहर वस्तीमा ३५ जना मुसहर समुदायका व्यक्ति नागरिकताविहीन अवस्थामा रहेको छ । यसअघि ८ जनालाई नागरिकता प्रदान हस्तान्तरण गरेको र सोमबार थप १० जनालाई नागरिकता हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

 


सम्बन्धित समाचार