९ माघ,वीरगञ्ज । राजनीतिक पार्टीहरुले युवा शक्तिको आवश्यकता र यसले राष्ट्रनिर्माणमा पार्न सक्ने प्रभावलाई बुझ्न नसक्दा मुख्य मुलधारको राजनीतिक दलबाट युवा शक्ति पलायन हुदै गएका छन् ।
परिवर्तनको पक्षमा लडेका दलहरु भन्दा नयाँ शक्तिको रुपमा उदय भएका राजनीतिक दलप्रति युवाहरुको आकर्षण अहिले बढ्दो छ ।
युवा देशको अनमोल र अनन्त शक्ति हुन् ।
देशको भविष्यको सबैभन्दा ठूलो पुँजी युवा नै हुन् । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । आजसम्म देशमा भएका सबै आन्दोलनहरू र ब्यवस्था परिवर्तनमा युवा वर्गको संघर्ष निकै बलियो छ ।
समाजका विभिन्न व्यवस्था र प्रणालीमा बिचारका दुई धार देखिन्छन् । त्यसै गरी नै हाम्रो समाजका युवामा पनि राजनीतिको बिषयलाई लिएर एक किसिमको बिभाजन देख्न पाइन्छ ।
एकथरी युवा राजनीतिलाई आफ्नो धर्म नै ठान्छन्, भने अर्को वर्गको राजनीतिमा कुनै चासो नै देखिदैन । समग्र नेपालको तुलनामा मधेश प्रदेशका युवा भने राजनीतिमा बढि आकर्षित देखिन्छन् ।
पछिलो समय मधेश प्रदेशका युवाहरुले राजनीतिप्रति चासो राख्न थालेको पाइएको छ । जागीर वा विभिन्न संघ सस्थामा सेवा गर्नुभन्दा कुनै राजनीतिक दलको व्यानरमा उभिएर आफ्नो भविश्य बनाउन सकिन्छ की सोचमा मधेशका युवा अल्झिएका छन् ।
नेपालको ठुलो र मधेश प्रदेशको दोस्रो दल नेपाली कांग्रेसमा युवाको संख्या ४० प्रतिशत भन्दा बढि रहेको छ । राजनितिक क्षेत्रमायुवाको सहभागीता बढउन केन्द्रिय कमिटिको निर्देशन अनुसार युवाको सहभागी बढाउन पार्टीले बिभिन्न किसिमको कार्यक्रम अघि बढाएको जनाएको छ ।
अहिले युवाहरुको बिषयलाई लिएर विभिन्न राजनीतिक दलहरुमा बहस र छलफल हुने गरेको छ । त्यसमा पनि युवाको भुमिकालाई अगाडि ल्याउनु र उनीहरुलाई जिम्मेवारी दिनु पर्नेमा पार्टी नेतृत्व उदासीन रहेको बुझाइ छ ।
नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री वृहष्पतीकृष्ण क्षेष्ठको । लोकतन्त्र प्राप्ती पछि स्कुल कलेजमा विद्यार्थी राजनीतिक खासै हुने गरेको देखिदैन जसका कारणले पछिल्लो समयमा मूलधारका राजनीतिक दलमा युव शक्ति लोप हुदै गरेको पाइन्छ ।
राजनीतिमा आउने युवाहरुले शिक्षालाई समेत अगाडि बढउदै पार्टी राजनीतिमा संलग्न हुनुपर्नेमा मधेस प्रदेशका कांग्रेस महामन्त्री श्रेष्ठको जोड छ । केही युवा जनशक्ति रोजगारी र अवसरको खोजीमा विदेशीनु परेको छ भने केही नेपालमा रहेका युवा शक्ति कलेजबाट राजनीतिमा लागेपनि पार्टीमा उचित जिम्मेवारी र अवसर नपाउदा निरास हुने गरेको विश्लेषण छ, श्रेष्ठको ।
एकातर्फ सहभागीता त अर्को तिर उदासिनता
राजनीतिक पार्टीहरुले युवा शक्तिको आवश्यकता र यसले राष्ट्रनिर्माणमा पार्न सक्ने प्रभावलाई बुझ्न नसक्दा मुख्य मुलधारको राजनीतिक दलबाट युवा शक्ति पलायन हुदै गएका छन् ।
जनताको परिवर्तनको पक्षमा लडेका दलहरु भन्दा नयाँ शक्तिको रुपमा उदय भएका राजनीतिक दल प्रति युवाहरुको अक्रषर्ण बढन थालेको छ । एकातर्फ राजनीतिमा आउने युवाहरु धेरै छन् त अकातर्फ राजनितिक नेतृतमा युवाको कमि नै देखिएको छ ।
विशेषज्ञ र लामो समयदेखी राजनितिक हेर्नेहरु भन्छन ?
मधेश प्रदेशमा जम्मा २ प्रतिशत युवामात्र पार्टी नेतृत्वमा छन् । दलका हिसाबले ४० प्रतिशत युवाको सहभागति रहेको बताइन्छ । तर वास्तवमा राजनितिक क्षेत्रमा युवाको सहभागीता भने धेरै कम रहेको पाइन्छ ।
युवालाई राजनितिक तर्फ प्रेरित गर्ने र आफ्नो पार्टीको संख्या मात्र देखाउने चलन चलती रहेको छ । पार्टीमा समावेस भएका युवालाई नेतृत्वविहिन रहने गर्दछन् ।
युवाहरुले आफ्नो अधिकार मांग गरेपछि उनीहरुलाई तह लगाउने प्रवृत्ति बढि रहेको बिज्ञहरुको भनाई छ । गणतन्त्र आएदेखि पर्सामा मात्र लगभग १० जना युवा नेतृत्वमा रहेको बिज्ञहरु बताउछन् । पार्टीभित्र रहेका युवाहरुको सहभागीता अहिले उस्तै छ, जुन आजको १० वर्ष भन्दा अघि थियो ।
युवाहरुले आफ्ना पार्टीका नेतालाई सर्वश्रेष्ठ गुरु ठानेर क्याम्पस र चोकमा खुकुरी नचाउने युवा हुन्, वा देशका कुरिति र विसंगतीविरुद्ध चुइक्क नबोली रमिता बनेर बस्ने युवा हुन । यी दुवै किसिमका युवाबाट देशलाई कुनै दिगो फाइदा नहुने जानकार बताउँछन् ।
तर असल राजनिति गर्ने युवालाई भने पार्टीको तर्फबाट कुनै सहयोग नहुनु, राजनितिमा युवाको स्थिरपनता नहुदाँ यसमा विकृति मौलाएको श्रेष्ठ बताउँछन् । उनका अनुसार सबै दलमा युवालाई आईडल बनाउने र त्यस ठाँउमा पु¥याउने हो ।
नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवाको सहभागिता बिना असम्भव जस्तै थिए भन्नेमा कसैको दुईमत नहोला । तर हरेक आन्दोलनपछि युवाहरू खोलातर्न प्रयोग भएका लठ्ठीजस्तै किनारामा फालिएका हुन्छन् ।
खोलातर्न युवाहरूको उपयोग सबैले गरे तर तिनीहरू के चाहन्छन्, के सोच्छन् र उनीहरू का मुख्य मुद्दा के–के होलान् भनेर सायदै कसैले ध्यान दिएको होला ? यसरी युवाहरूलाई सदैव पछाडि छाडिनु र तिनका मुद्दाको सुनुवाइ नहुनुको एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु नै हो ?
राज्यमै युवाको संख्या बढि
केन्द्रीय तथ्यांक विभागको २०७८ का लागि नेपालको अनुमानित जनसंख्यामध्ये १६ देखि ४० वर्ष उमेर समूहकायुवाहरू कुल जनसंख्याको ४६.३५ प्रतिशत छन् ।
मूलधारको राजनीतिमा यो पुस्ताको प्रतिनिधित्वगर्ने युवा नेतृत्वखोज्नदिउँसै टुकी बाल्नुपर्ने अवस्था छ । ४५–५० वर्षका ‘अंकल’उमेर समूहकाव्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेतामान्न सकिरहेको छैन, त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य देखिन्छन् ।
मधेश प्रदेश कै ठुलो दल रहेको नेकपा एमालेमा पनि अहिले ४० प्रतिशतयुवा नै राख्नु पर्ने पार्टीको निर्णय रहेको छ । राजनितिक क्षेत्रमा रहेको युवाहरु आर्थिक पारिवारीक र सामाजिक रुपमा स्थिर भएकालाई मात्र राजनितिक क्षेत्रमा हुनु पर्छ भन्ने नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताए ।
तर राजनितिमा अहिले विभिन्न पार्टीमा युवाहरुलाई पैँसाको लोभमा दिएर आफ्नो तर्फ ल्याउने गरेको अहिलेको परिस्थिती रहेको उनको भनाई छ ।
उनले भने, ‘पहिला राजनितिगर्ने युवाहरुले समाजको परिवर्ताको लागी आउने गरेका थिए, तर पछिलो समय देशको अवस्था र पार्टीमा बढदै गएको कुरिति कै कारण मनेपरी युवा नेतृत्वलाई विभिन्न प्रलोभन दिएर ल्याउने गरेका छन् ।
अहिले नेकपाएमाले मधेश प्रदेशको प्रदेश कमिटिमासचिवको पदमायुवा नेतृतवनै राखेको उनको भनाई छ । उनले भने,‘अहिले केन्द्रबाट निदेशन नै भएको छ ४० प्रतिशत युवालाइ राख्ने, त्यस्तै अरु पनि ठाउँमा युवानेतृत्वको भुमिका बढी रहेको छ ।
जसअन्तर्गत हामीले यसमा लागेका छौ, अहिले निदेर्शन अनुसार कामगरि रहको छौ । राजनितिमा युवा आई रहेका छन् तर पार्टीको सिधान्त अनुसार बस्दैनन् ।
देशमा राजनीतिक प्रणाली कस्तो छ ?,
देशको संघर्ष, राष्ट्रिय मुद्दा लगायतका विषयमा उनीहरु खासै चासो राख्दैनन् । यो बर्गलाई त्यही घारका भाले माहुरीसँग तुलना गर्न सकिन्छ ।
जो रस लिन जाँदैनन् तर ल्याएको रस भोगचलन गर्न भने तम्सिन्छन् ।
अर्थात् राजनीतिक परिवर्तनका संवाहक बन्न चाँहदैनन् तर त्यसका सुबिधा भोगी अवश्य बन्छन् ।
कतिपयको नियत हुनसक्छ र कतिपयको नियती । यो बर्गका धेरै जनाले आफ्नो भविष्य युरोप, अमेरिका र अस्ट्रेलियाका रङ्गिन शहरमा खोज्छन् र नेपाल मै रहे पनिखासै राजनीतिसँग जोडिन चाहाँदैनन् ।
उनीहरु जहाँ र जस्तो रुपमाभएपनि राजनीतिक रुपमा चेतनशील हुन्छन् र बिचार बिमर्श गर्न पनि सक्षम हुन्छन् ।
यो बर्ग देशको राजनीतिको मेरुदण्ड हो। राजनीतिलाई माहुरी को घारसँग तुलनागर्दा यो वर्गलाई फूलको रस संकलनगर्ने कामदार माहुरी भन्न सकिन्छ जो दिनरात बिकास र परिवर्तनका लागि खट्टिन्छन् ।
त्यसैगरी उनीहरु आफ्नो भविष्य राजनीतिको परिधी भन्दा बाहिर रहेर कल्पना गर्छन् ।
त्यस्तै नेकपा एकिकृत समावदी पार्टी भित्र युवाको सहभागीता ३० प्रतिशतभन्दा बढि रहेको (नेकपा एस) मधेश प्रदेशका अध्यक्ष रामचन्द्र साहले बताए । उनका अनुसार प्रदेश सचिव र महानगरको अध्यक्ष पदमा युवा रहेका छन् ।
अहिले ४० प्रतिशतयुवाको सहभागीता बढाउनु हामा्रे अभियान राखेका छौँ । उनले भने रहेक कमिटीमा युवाको नेतृत्व राख्ने नै हाम्रो पार्टीको अभियान छ । युवा भन्दा पनि शिक्षा र व्यवसायीतर्फबाट आएका युवालाई हामीले प्रथिकिम्ता दिएका छौँ ।
राजनीतिमा आउनचाहने युवा दुबै क्षेत्रबाट पे्ररित हुनुपर्छ । किनकी राजनितिकमा युवाहरुलाई लामो समय दिनु पर्छ त्यपछि मात्रउनीहरुलाई पार्टीले अगाडि बढउने तयारीमा गर्छ ।
राजनितिमा सहि ठाउँ दिएको भए उनीहरुले आफ्नो नेतृत्व र संगठनप्रती अतिबादी बिचार लिएर हिँड्छन् भने उनीहरु सजिलै दुरुपयोग हुन्छन् ।
राजनीतिक चेतना भएपनी स्वतन्त्र विचार राख्ने युवानहुँदा राज्यको माथिल्लो स्तरबाटै गलत निर्णय हुँदापनित्यसको प्रतिबाद हुँदैन ।
युवालाई नेतृत्वम राख्नु भन्दा पनि उनीहरुले गरेका निर्णयलाइ पार्टीले तह लगाउनु पर्ने भएकोले अहिले युवा राजनीतीक अर्थात् राज्यको नीति दुई धारमा बाडिँएका छन् ।
अघिल्ला घटना हेर्दा युवाहरुको आन्दोलन पनियही रोगले ग्रसित भएको देखिन्छ ।
सुरुका केहि दिन ब्यपाक समर्थन पाएको यो आन्दोलनले पछिल्ला दिनहरुमा सम्पूर्ण आवाजहरुलाई संबोधन र व्यवस्थापन गर्न नसक्दा आन्दोलन नै तुहिने अवस्थामा पुगेको छ ।
विश्व इतिहासलाई अवलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौं भने पनि विसं. १९९६ को राणा विरोधी आन्दोलनमा गंगालालहरुको भूमिका देखि यता विसं २००६, विसं.२०१५, विसं २०३६, विसं २०४६ को नआन्दोलन, विसं. २०५२ देखि संचालित सशस्त्र जनयुद्ध र मुख्यत ः विसं. २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको योगदान अतुलनीय थियो ।
मधेश प्रदेशमा रहेको अर्को जनता समाजवादी पार्टीमा युवाको भुकिमा राम्रो रहेको जनाएको छ । जसपाका मधेश प्रदेश उपाध्यक्ष सुशिल यादवका अनुसार पार्टी भित्र रहेका युवाहरुलाई पार्टीको विधानमै रहेर राजनितिमा लाग्नुपर्छ ।
पार्टीमा युवाको सहभागीता र उनीहरुलाई प्रोतसाहन गर्न तर्फ निकै भुमिका रहेको बताए । बढदै गएको सहभागिताले पार्टीकै हितमा राम्रो हो, राजनितिक नेतृत्व तहमा बढिभन्दा बढि सहभागीता गराउन पार्टी लागी परेको छ ।
राजनितिमा आउने चाहने युवालाई भने पार्टीको विधानमै रहेर अगाडि बढानु पर्नेमा जोड दिए । लामो सयम पार्टी भित्र रहेका युवालाइ समाज र पार्टीलाई कसरी अगाडि बढाउन पर्ने हुन्छ । तर अहिलेका युवाहरुको यस्तो परिथितिबाट निकै कम रहेको उनेको भनाइ छ ।
राजनैतिक क्षेत्रमा अहिलेका युवालाई हेर्न हो भने आउने युवाालाई शिक्षा, घरपरिवा तथा आफ्नो व्यवसयीप्रति पनि ध्यान राख्नु पर्ने हो, यी कुराहरुको ध्यानमा राखी राजनितिकमा आएको युवाहरुको पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ ।
हरेक परिस्थितिमा युवाको योगदान नै बढि हुन्छ । राजनीतीमा युवाको संलग्नता भएको राम्रो हो तर उनीहरुलाई सहि नेतृत्व दिनुपर्दछ ।