Logo

१३ माघ,वीरगञ्ज । बारा प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत बाराबाट कैद र जरिवाना भइ फरार भएका २ जना अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रहरीले चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जनालाई पक्राउ गरेका जनाएको छ ।प्रहरीले लुकीछिपी बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम घलान र जीतपुर सिमरा ५ बस्ने सुनिल पासवानलाई पक्राउ गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार जिल्ला अदालत बाराबाट २० दिन र ३ महिना १९ दिन कैद भइ फरार भएका २ जनालाई आज पक्राउ गरिएको हो ।जिल्ला अदालत बाराबाट घलानमाथि चोरी मुद्दा अन्तर्गत २० दिन कैद र एक हजार जरिवानाको फैसला थियो ।

यसैगरी पासवानमाथि ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।


सम्बन्धित समाचार