Logo

२५ माघ,बारा । बिद्यालयको शैक्षिक गतिविधीलाई प्रबिधीमैत्री बनाउनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २६ वटा सामुदायीक आधारभुत तहका बिद्यालयलाई आवश्यक इलेक्ट्रिोनिक्स सामग्री हस्तान्तरण गरेको छ ।

बिद्यालयको प्रशासनिक कामलाई सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक बजेटबाट खर्च हुने गरी २६ वटा सामुदायीक बिद्यालयका लागि कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।

सहयोग सामग्री जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले बिद्यालयका प्रधानध्यापकहरुलाई एक,एक थान कम्प्युटर र प्रिन्टर बितरण गर्नुभएको हो ।

सामग्री हस्तान्तण कार्यक्रममा नगर प्रमुख पौडेलले बिद्यालयको शैक्षिक गतिबिधीलाई सुधार्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । सामुदायीक बिद्यालयको शैक्षिक स्तर उकास्ने तर्फ सबैले ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।

उनले उपमहानगरले दिएको सामग्रीबाट बिद्यालयको आन्तरीक व्यवस्थापनको क्षेत्रमा काम गर्न जोड दिए ।उपमहानगरले बिद्यालयहरुलाई प्रबिधी मैत्री बनाउँनका लागि गरेको सहयोगबाट समुदायीक बिद्यालयका प्रधानाध्यापकहरु पनि उत्साहित भएका छन् ।

बिद्यालयको प्रशासनिक कार्य तथा परिक्षा सम्बन्धि कार्य व्यवस्थापनका लागि निकै टेवा पुग्ने बिद्यालयका प्रधानध्यापकहरुले बताएका छन् । यता जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले सुचना प्रबिधिमा अधारित शिक्षा भएकाले त्यसलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले कम्प्युटर र प्रिन्टर बितरण गरेको जानकारी दिए ।

यो गत सालको बजेटबाट नै सामग्रीहरु खरिद गरिएको बताए । गत साल खरिद प्रक्रिया अलि ढिलो हुँदा ,यस आर्थिक बर्ष सामग्री बितरण गरेको बताए ।

माध्यमिक तहका बिद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर बितरण गरिसकेको उपमहानगरपालिकाले बाँकी रहेको केही अधारभुत तहका बिद्यालयहरुलाई चाडै नै बितरण गर्ने जनाएको छ ।

उपमहानगरपालिकाको सुचना प्रबिधि शाखा प्रमुख ईन्जिनीयर संघर्ष बिडारीले बिद्यालयका प्रधानध्यापकहरुलाई यसको सहि सदुपयोग र प्राबिधिक पक्षको बिषयमा जानकारी दिए ।कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत हरिश भट्टले गरेका थिए ।


सम्बन्धित समाचार