Logo

१६ फागुन,बीरगन्ज । मुस्लिम समुदायका नाममा खोलिएको नेशनल मेडिकल कलेज बीरगन्ज विभिन्न प्रपञ्च गरी हड्पिएको तथ्य बाहिरिएको छ ।

शिक्षा मन्त्रालयले सुरुमा मनसाय पत्र अर्था्त लाइसेन्स दिँदा मुस्लिम वेलफेयर सोसाइटीको नाममा प्रस्तावित नेशनल मेडिकल कलेज भनेर सञ्चालनको अनुमति दिएको थियो ।

शिक्षा मन्त्रालयले ०५६ सालको असार १ गते नेपाल मुस्लिम वेलफेयर सोसाइटीको नाममा मनसाय पत्र प्रदान गरेको थियो, जुन मनसाय पत्रमा प्रस्तावित नेशनल मेडिकल कलेज राखिएको थियो ।

त्यसबखत कलेज सञ्चालनका लागि ११ सदस्यीय नेपाल मुस्लिम वेलफेयर सोसाइटी गठन भएको थियो । जसको अध्यक्षमा शेख नसिम अख्तर, महासचिव डा. जैनुद्दिन अन्सारी, सचिवमा मैनोद्दिन अन्सारीसहितका कार्यसमिति बनेको थियो ।

यसरी मुस्लिम वेलफेयर सोसाइटीको नाममा सञ्चालनको अनुमति लिएका सोसाइटीका तत्कालीन महासचिव जैनुद्दिन अन्सारीले त्यसबखतका वेलफेयरका सदस्यहरुसंग जालझेल गरी आफ्नो छुट्टै कम्पनी खडा गरे । कम्पनी खडा गर्दा मुस्लिम वेलफेयर सोसाइटीका सदस्यहरुसंग उनले बेग्लै सम्झौता गरेका थिए,‘यो कलेजले वर्षेनी गरेको मुनाफाबाट साढे १२ प्रतिशत रकम वेलफेयरलाई दिइनेछ, यो सम्झौता पश्चात पैसा पाउँने लोभमा तत्कालीन वेलफेयरका सदस्यहरुले सहमति पनि दिए ।’

तर पछि कलेज कम्पनीमा रुपान्तरण भइसकेपछि त्यो सम्झौता पनि प्रपञ्च रची उनले उल्टाए । अर्थात् मुस्लिम वेलफेयर सोसाइटीसंग धोका दिएर कलेजलाई आफ्नो एकलौटी बनाए ।

वेलफेयर सोसाइटीले धोका पाएपछि त्यस बेलाका समितिले उनीविरद्ध अदालतमा मुद्दा पनि हालेको थियो । तर त्यहाँबाट पनि उनी कलेजलाई आफ्नो पोल्टामा पार्न सफल भए ।

डा.जैनुद्दिन अन्सारीको जालझेल गर्ने सिलसिला यही रोकिएको भन्ने होइन्, जारी नै रहेको घटनाक्रमले प्रमाणित गरिरहेको छ । अर्थात् कलेजलाई कम्पनीमा ल्याइसकेपछि भवन निर्माण तथा अन्य प्रयोजनका लागि डा.जैनुद्दिनले थप तीनजना पार्टनरलाई शेयर दिए ।

नेशनल मेडिकल कलेजको नाममा कलेज आइसकेपछि त्यो बेला रामबालक चौरसिया र डा. प्रवेजलाई शेयर बाँडिएको त्यसबेलाका एमडी बसरुद्दिन अन्सारी बताउँछन् । उनका अनुसार कलेजले उनीहरुलाई एकजना एमबीबीएसको विद्यार्थी दिने शर्तमा चौरसियासंग २५ लाख र डा. प्रवेशसंग २० लाख तथा डा.जैनुद्दिन अन्सारीले २५ लाख जम्मा गरेर कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइयो । योसंगै बैंकबाट पनि १ करोड ९६ लाख रुपैयाँ ऋण लिएको उनी बताउँछन् ।

उनले भने,‘कलेज सञ्चालन भएपछि भारतीय विद्यार्थीहरु ६० जना भर्ना भए, जुन विद्यार्थीहरुबाट भर्ना हुँदा नै सबै शुल्क लिइयो । अनि यो पैसा अन्य कामका लागि पर्याप्त भयो । त्यसपछि यसको ३ वर्ष पछाडि ती दुबैजनालाई पैसा फिर्ता गरेर उनीहरुबाट पनि हाम्रो नाममा मात्रै शेयर रहयो ।’

डां जैनुद्दिनको यो सबै प्रपञ्चमा साथ दिँदै आइरहेका थिए–उनकै भाइ महम्म्द बसरुद्दिन अन्सारीले । सुरुदेखि नै जालझेलमा मास्टर माइन्ड मानिएका डा. अन्सारीले अन्तिम पटक भने आफ्नै भाइसंग तेस्रोपटक जालझेल गरे । अनि यो जालझेलमा उनले आफ्नो छोरालाई अगाडि सार्दै शेयर बाँडफाँड गरे, जुन बाँडफाँडमा छोरालाई १५ र तीन जना छोरीहरुलाई जनही १०÷१० प्रतिशत शेयर दिएको प्रेस विज्ञप्तिमार्फत जनाए । यही विज्ञप्तिमार्फत उनले बसरुद्दिनलाई भने १० प्रतिशत शेयर दिएको जनाए ।
विज्ञप्तिमा नेशनल मेडिक कलेज प्राइभेट लिमिटेडको साधारण सभा– २०८० ले ४ गतेदेखि लागू हुनेगरी कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ (दोस्रोबमोजिम) तीन सदस्यीय गठन गरेको उल्लेख छ । बैठकले सञ्चालक अध्यक्षमा डा.जैनुद्दिन अन्सारीलाई चयन गरिएको उल्लेख छ भने प्रबन्ध निर्देशकमा छोरा शाहनवाज अन्सारी र सञ्चालकमा छोरी नुशरत जहान अन्सारीलाई चुनिएको जनाइएको छ ।

त्ययसपछि कलेजको प्रवन्ध निर्देशक (एमडी) रहेका बसरुद्दिन अन्सारीले कलेजको अध्यक्षमा आफू चयन भएको सामाजिक सञ्जालमा समर्थहरुबाट राख्न लगाए ।

यो कलेज बीरगन्ज २०५७ साल ३१ भदौंमा दर्ता भइ सन २००१ देखि सञ्चालनमा आयो । सञ्चालनको बखत सुरुमा बीरगन्जको बाबा होटललाई भाँडामा लिएर सञ्चालन भएको थियो ।

यो विषयमा नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारीले आफूलाई केही जानकारी नभएको जनाएका छन् । यही आइतबार पत्रकार महासंघ पर्सा शाखामा उनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमडी शाहनवाजले भने,‘यो पुरानो विषय हो, मलाई यसबारे केही थाहा छैन् । तर त्यो ‘च्याप्टर कलोज’ भइसकेको छ ।’

कति सम्पत्ति ?

मुस्लिम समुदायको आर्थिक तथा शैक्षिक उन्नतीका लागि खोलिएको कलेज प्रालिमा आएको झण्डै २३ वर्ष भएको छ । २ करोड ६६ लाखमा खोलिएको कलेजसंग अहिले २६ सय करोडको सम्पत्ति रहेको नयाँ एमडीमा नियुक्त भएका शाहनवाज अन्सारीले बताए ।

कलेजको आफू एमडीमा नियुक्त भएको जानकार दिनका लागि आयोजित पत्रकार सम्मेलन शाहनवाजले बीरगन्जको नेशनल मेडिकल कलेजसंग २६ सय करोडको सम्पत्ति भएको जनाएका थिए । तर निवर्तमान एमडी बसरुद्दिन अन्सारीले भने यो सम्पत्ति २६ सय करोडको मात्रै नभइ त्यसको डबल भन्दा बढी रहेको बताउँछन् । उनकाअनुसार ५ हजार करोड भन्दा बढी सम्पत्ति त उहिले थियो, अहिले अझ यो बढी भएको छ ।

गम्भीरताका निगरानी हुँदैछ : पर्सा सीडीओ भुसाल ?

नेशनल मेडिकल कलेजको विवाद बाहिर आएपछि प्रशासनले यसलाई गम्भीरताको साथ नियालिरहेको प्रतिक्रिया दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले नेशनल मेडिकल कलेजको विवादबारे आफूहरु गम्भीरताको साथ ‘वाच’ गरिरहेको जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मेडिकल कलेजको विवादमा जालझेल रहेको कुराहरु आइरहेको बताए ।

उनले भने,‘सुरुमा यो मुस्लिमका नाममा खोलिएको थियो, तर कसरी व्यक्तिगत भयो त्यो विषय खोजविनको विषय रहेकोले हामी त्यसफर्त पनि ध्यान दिएका छौं । यदि त्यसमा ‘फल्ट’ भेटिए जहाँबाट संस्थाले अनुमति पाएको थियो, त्यही ठाउँमा पु¥याइदिन्छौं ।’


सम्बन्धित समाचार