Logo

२३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण खुला सीमाबाट अवैध रुपमा चाँदीको तस्करी बढेको छ । वैधानी मार्ग भएर आउने ढोकामा नेपाल राष्ट्र बैंकले अवरोध खडा गरेपछि अवैध मार्गभएर ठूलो परिमाणमा चाँदी नेपाल भित्रिने गरेको छ ।

नेपाल राष्ट्र बैंकले एक पटकमा ६० हजार डलर मूल्य वरावरको चाँदी खरिद गर्न पाउँने नीति दुई बर्षदेखि कार्यान्वयनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हचुवाको भरमा चाँदी आयातमा कोटा प्रणाली लागु गरेपछि नेपाली बजारमा अवैध मार्गभएर भित्रिएको चाँदीको कारोवार बढेको व्यवसायीहरु बताउँछन् ।

चाँदी आयातमा सरकारले नियन्त्रण लगाउन थालेपछि बैधानी मार्ग भएर यो बर्ष २८ टन चाँदी नेपाल भित्रिएको छ । गत बर्ष पनि चाँदी खरिदमा लगाइएको कोटा प्रणालीको कारण २८ टनको हाराहारीमा चाँदी आयात भएको भंसार विभागको रिर्पोटमा उल्लेख छ ।

लामो समय देखि चाँदी आयातकर्ताको रुपमा रहेका व्यवसायी राकेश अडुकियाका अनुसार नेपाली बजारमा बार्षिक २ हजार टन चाँदी खपत हुन्छ । चाँदीका गहना तथा विभिन्न प्रकारका बस्तु उत्पादनमा चाँदीको माग बढेको देखिन्छ ।

बजारमा भएको कारोवार हेर्ने हो भने कुल खपतको १४ प्रतिशत चाँदी भंसारबाट आयात हुने गरेको छ । पुरानो चाँदीका गहना र मालसामान १५ प्रतिशतको हाराहारीमा उपभोक्तासँग व्यापारीले खरिद गर्दछन् । झण्डै ७० प्रतिशत चाँदी अवैध मार्ग भएर नेपाल भित्रिने गरेको छ ।

अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रति केजी १ हजार ५० डलर छ, व्यवसायी अडुकियाले भने, “बार्षिक २ सय टन खपत हुने बजारमा २८ टन मात्र सरकारी च्यानलबाट आउँदा अरु उपभोक्ताको माग अनुसारको चाँदी तस्करी भएर आउने गरेको छ ।” यसरी हेर्दा राज्यलाई बार्षिक २ अर्ब रुपियाँ राजश्व नोक्सान हुर्दै आएको देखिन्छ ।

भारतसँग सीमा जोडिएका नाकाबाट दैनिक ठूलो परिमाणमा चाँदी तस्करी भएर भित्रने गरेको एक व्यवसायीले बताए । बैधानीक रुपमा ल्याउँने नाकामा नेपाल राष्ट्र बैंकले नीति बनाएर नियन्त्रण गरेपछि भारतसँग जोडिएका खुला सीमाको फाइदा उठाउदै व्यापारीले अवैध रुपमा काँचो चाँदी र त्यसबाट बनेका गहना नेपाल ल्याउने गरेका छन् ।

नेपाली बजारको माग अनुसार सरकारले त्यसको सहज आपूर्ती गर्ने वातावरण सृजना नगरेपछि चोरी तस्करीको माध्यमले बजारमा चाँदी आउने गरेको हो । राज्यका निकायलाई चाँदी तस्करीको बारेमा जानकारी छ, एक व्यवसायीले भने ।

चाँदी तस्करीमा राष्ट्र बैक र राज्यका निकायको माैनता !

चाँदीको अवैध कारोबारमा संलग्न तस्करहरुलाई फाइदा हुनेगरी नेपाल राष्ट्र बैकले दुई बर्ष देखि सुन र चाँदीमा कोटा सिस्टम लगाएको छ । सरकारलाई अबौं रुपियाँ नोक्सान हुनेगरी चोरी तस्करीलाई बढवा दिने उदेश्यले नेपाल राष्ट्र बैकले सुन र चाँदीमा लगाएको नियन्त्रण अझै खुला गरेको छैन ।

नेपाल राष्ट्र बैकले जारी गरेको सूचनामा संचिती मुद्धा अहिले सम्मकै उच्च रहेको भनि रहदा सुन र चाँदीको आयातमा किन नियन्त्रण गरिरहेको छ त ? गम्भिर प्रश्न नेपाल राष्ट्र बैकका उच्च तहका अधिकारी माथि उब्जीएको छ ।

सुनचाँदी व्यवसायी संघका केही जिम्मेवार पदाधिकारीहरुका अनुसार नेपाल राष्ट्र बैकका उपल्लो तहका अधिकारीहरु नीतिगत भ्रष्ट्राचारमा संलग्न छन् । राज्यका जिम्मेवार तहका अधिकारीहरु नै व्यक्तिगत लोभमा परेर तस्करसँगको मिलेमतोमा नीति बनाउने गरेको उनीहरुको बुझाई छ ।

बैधानीक रुपमा सुनचाँदीको कारोवार नहुदा हुण्डीको कारोवार बढने र नेपाली पैसा चोरी मार्ग भएर बाहिने गरेको व्यवसायीको बुझाई छ । उनीहरुको अनुसार नेपाली बजारमा चाहिने सुन र चाँदी उपलब्ध छ तर बैधानीक रुपमा भंसारबाट आएको देखिदैन ।

चाँदी आयातको तथ्यांक के छ ?

नेपाल राष्ट्र बैकको एक तथ्यांक अनुसार भंसारमा राजश्व बुझाएर आर्थिक बर्ष २०७५/०७६ मा २ लाख ८८ हजार ४५५ किलो चाँदी नेपाल भित्रिएको थियो । उक्त परिमाण बराबरको चाँदीको भंसार मूल्यांकन १६ अर्व ८ करोड ६३ लाख ६३ हजार रहेको थियो । त्यस बर्ष चाँदी आयातबाट नेपाल सरकारले १ अर्व ६१ करोड ५३ लाख ७४ हजार राजश्व उठाएको थियो ।

त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा ९ अर्ब ४९ करोड ३० लाख ८० हजार मूल्य बराबरको १ लाख ४४ हजार २०३ किलो चाँदी नेपाल भित्रिएको छ । चाँदीको पैठारीबाट ९७ करोड १२ लाख ६७ हजार भंसार राजश्व असुल भएको देखिन्छ ।

आर्थिक बर्ष २०७७/०७८ मा ९अर्व ८८ करोड २२ लाख १३ हजार मूल्य बराबरको १ लाख ७ हजार २११ किलो चाँदी पैठारी भएर आएको छ । उक्त परिमाणको चाँदी आयात गर्दा भंसार राजश्व बापत ९१ करोड १३ लाख १ हजार उठेको भंसार कार्यालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसरीनै आर्थिक बर्ष २०७८/०७९ मा १५ अर्ब ९४ करोड ९४ लाख ३७ हजार मूल्य बारबरको १ लाख ६७ हजार ७११ किलो चाँदी वैधानीक मार्ग हुदै नेपाल भित्रिएको थियो । उक्त चाँदीको पैठारीबाट २ अर्ब ५१ करोड ७५ लाख ९२ हजार राजश्व संकलन भएको थियो ।

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा नियन्त्रण गर्दै नयाँ नीति ल्याएपछि चाँदी अवैध मार्ग हुर्दै नेपाल भित्रिन थालेको हो । गत आर्थिक बर्ष २०७९/०८० मा २ अर्ब ७३ करोड ४ लाख २ हजार मूल्य बरावरको २८ हजार ३७५ केजी चाँदी भंसार तिरेर नेपाल भित्र्याइएको छ । यसबाट नेपाल सरकारलाई ३२ करोड ६८ लाख ८० हजार रुपियाँ राजश्व संकलन भएको देखिन्छ ।

चालु आर्थिक बर्ष २०८०/०८१ को चैत मसान्त सम्म २ अर्ब ७८ करोड ८७ लाख ४८ हजार मूल्य बराबरको २७ हजार ९६९ केजी चाँदी भंसार हुर्दै नेपाल पैठारी भएको छ । यो अवधिमा भंसार कार्यालयले ४१ करोड ८५ लाख १३ हजार राजश्व उठाएको छ ।

दश बर्ष अघि २०७०/०७१ मा ५ लाख ७१ हजार १८९ किलो चाँदी आयात भएको थियो । अहिले नेपाली बजारमा बार्षिक २ लाख किलो काँचो चाँदी खपत हुदै आएको छ । नेपाल राष्ट्र बैंकको कोटा प्रणालीको कारण ९ महिनाको अवधिमा करिव २८ हजार किलो चाँदी आयात भएको छ ।

चाँदीको कारोवारबाट बार्षिक अढाई अर्ब राजश्व उठाउदै आएको सरकारले चाँदीमा कोटा प्रणाली लागु गरेपछि झण्डै ८५ प्रतिशत राजश्व गुमाउदै आएको छ । नेपाली बजारमा अहिले पनि चाँदीका गर–गहनार भाडाहरुको माग तीन बर्ष अघिको तुलनामा देखिएको व्यवसायीहरुको भनाई छ ।


सम्बन्धित समाचार