Logo

१८ असार,वीरगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोईरालाले राजनीतिज्ञहरु, कर्मचारीतन्त्र र व्यावसायीहरुको मिलेमतोमा देशलाई अप्ठ्यारो अवस्थामा पारेको टिप्पणी गर्नुभएको छ ।

बरिष्ठ नेता डा.कोईरालाले पछिल्लो पटक बहालवाला मुख्यसचिव बैकुण्ठ अर्याल लगायतका उच्च सरकारी अधिकारीहरुमाथि लागेको भ्रष्टाचारको मुद्दाले नै त्रीपक्षीय मिलेमतो स्पष्ट पारेको बताए । दिवंगत नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको एकसयौं जन्मशताब्दी तथा शालिक अनावरण कार्यक्रम पछि वीरगन्जको टाउनहलमा आयोजना गरिएको कार्यक्रममा नेता कोईरालाले यस्तो बताए ।

उहाँले कर्मचारीतन्त्र, राजनीतिक व्यक्ति र व्यावसायीहरुबीचको साँठगाँठको सञ्जाललाई तोड्न जरुरी रहेको पनि बताए । यस्तो सञ्जाललाई तोड्न सकियो भने नेपाली कांग्रेस सफल हुने नेता कोईरालाको भनाई छ । संविधान सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र आम जनतालाई दिने राहतका कुराहरुमा अब बन्ने कांग्रेस र एमालेको गठबन्धनको सरकारले गम्भीरताका साथ लिने जिकिर गर्नुभयो ।

अब पार्टी भन्दा माथि उठेर मेरो प्राथामिकता राष्ट्र हो भन्ने सोचेले अगाडि बढ्यौं भने समृद्ध देश सुखी नेपाली बनाउन सक्ने भन्दै फेरी को प्रधानमन्त्री को मन्त्री बन्ने भन्नेमै अल्झियो भने फेरी कांग्रेस फस्न सक्ने भन्दै व्यक्ति बन्ने भन्दा राष्ट्रलाई प्राथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कांग्रेस र एमालेबीच भएको सहमति गाउँ गाउँसम्म पु¥याउन नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो । पार्टीको आन्तरिक जीवन लथालिङ्ग जगजाहेर रहेको भन्दै डाक्टर कोईरालाले गठबन्धन गरेर पार्टी ठूलो भएको हो भन्ने भ्रमलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेस कांग्रेसबीच नै एक भएर जानसकियो भने कुनैपनि शक्तिले हराउन नसने दावी पनि गरे । निर्वाचनमा कांग्रेसमाथि धोकाधडी गर्नेहरु कहिल्यै क्षमायोग्य नहुने पनि बताए । कांग्रेस एकठाउँमा उभियो भने गन्तव्यमा पुगिन्छ भन्ने धेरै पहिलेदेखि भन्दै आएको र त्यसको पहिलो शुरुवात कोशी प्रदेशको सरकार गठनको घटना भएको स्मरण गर्नुभयो । त्यहिबाट शुरु गरेको भए धेरै अगाडि पुगिसकेको हुन्थ्यौ भन्ने विचार राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्यहरु रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, प्रदेश सांसद श्याम पटेल, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

स्थानीय तहको संख्या घटाउने, आलो प्रधानमन्त्री हुने विषयहरु पूरा गर्न सकियो भने देश भन्न सक्छ भन्ने लाग्छ । निर्वाचन प्रणालीले नेताहरु आफैले खराब बनाईदिएको हो । संसदीय व्यावस्थामा बहुमतको सरकार बन्न सकेन भने अप्ठ्यारो अवस्था सृजना गर्छ र कुनै दलको बहुमत आउदैन भन्ने सत्य हो । त्यसैले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ ।

त्यसको लागि समावेशी समानुपातिक नै आधार मान्नुपर्छ । समानुपातिक हटाएर पनि सोचे अनुसारको संविधान कार्यान्वयन हुन सक्दैन । निर्वाचन प्रणाली परिवर्तनमा विज्ञहरुको सुझावको आधारमा निचोडमा पुग्न सकिन्छ । राजनीतिक अस्थिरता छ । शुसासन दिन सकेनौं, भ्रष्टाचार नियन्त्रण गर्न सकेन र आर्थिक विकास गर्न सकेनौं भने राजनीति के को लागि गरेको भन्ने प्रश्न हामीमाथि नै उठ्छ । त्यसकारण १० बर्ष बितिसक्यो संविधान लागू भएको यसमा के के परिवर्तन गर्नुपर्छ आन्तरिक छलफल गर्न पनि निर्देशन दिए ।

त्यसलाई मुर्त रुप लिएर अगाडि बढ्छ । साना दलहरुले राज्य सत्ता सञ्चालन गर्दा लोकतन्त्र खतरामा पर्छकी भन्ने पनि छ । विदेशीले प्रत्यक्ष प्रधानमन्त्री र राष्ट्रपति प्रणाली राख्न सुझाव दिएको बताउदै सोचे सम्झेर गर भन्ने सुझाव दिएको बताए । राजनीतिमा अपराधिकरण भएको पाईएको छ ।

 


सम्बन्धित समाचार