Logo

२७ असार,वीरगञ्ज । बारामा भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १६ मा भएको यात्रुवाहक बस दुर्घटनामा १४ जना घाइते भएका हुन् ।

आज बिहान मलङगवाबाट वीरगञ्जका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको थियो । अन्य सवारीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा सडक चिप्लो हुँदा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार दुर्घटनामा १ जना महिला गम्भिर घाइते भएकी छन् । रौतहटकी अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भिर घाइते भएकी हुन् । यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका प्रहरी बताउँछ । घाइतेहरुको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी जनायो ।

प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।

 


सम्बन्धित समाचार