Logo

२८ असार, वीरगञ्ज ।  नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेर त्रिशुली नदीमा खसेको बसमा सवार यात्रुहरुको पहिचान खुलेको छ ।

गएराति वीरगञ्जबाट काठमाडौंको लागी छुटेको एन्जल डिलक्स प्रा. लि. प्र ३ ०१ ००६ ख १५१६ नम्बरको यात्रुवाहक बस आज विहान साढे ३ बजे त्रिशुली नदीमा खसेको हो । उक्त बसमा सवार चालक, सहचालक सहित २४ यात्रुको पहिचान खुलेको हो ।

एन्जल डिलक्सबाट प्राप्त विवरण अनुसार वीरगञ्ज १६ नगवाका चालक जवाहीर महतो, सहचालक राजकुमार लामिछाने केसी, अर्का सहचालक नाम नखुलेपनि चौधरी नामले बोलाउने गरिएको बताइएको छ । बसमा छिमेकी मुलुक भारतका ७ जना सवार थिए भने पर्सा जिल्लाका १४ जना रहेका थिए ।

यसैगरी यात्रुमा वीरगन्ज पिपरा निवासी प्रकास पटेल, वीरगञ्ज कै अरविन्द्र पुर्वे, हरेन्द्र पंडित, मुसहरवाका प्रमानन्द पंडित, पर्सा जमुनियाका विद्यानारायण राउत, रघुनाथपुरका सलिम मियाँ, कटेयाका रयफुल आलम, रामनगरीका सुजीत जी रहेका छन् ।

यसैगरी छिमेकी मुलुक भारतबाट अंसारी जी, संतोष ठाकुर, सुरेन्द्र साह, आबिद मियाँ, सुनिल साह, शहनवाज को नाममा टिकेट बुकिंङ्ग रहेको एन्जल डिलक्सले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

प्रकासको नाममा दुई सिट, विद्यानारायणका नाममा ३, सलिमका नाममा २, रयफुलको नाममा २ र सुजीत जीको नाममा २ सिट बुकिङ्ग रहेको एन्जल डिलक्स वीरगन्ज काउन्टरबाट प्राप्त विवरणमा उल्लेख छ ।

डिलक्सका वीरगन्ज काउन्टरले भन्छ, ‘विवरणमा उल्लेख भएका नाम नै यात्रुको नाम नहुन सक्छ तर उनकै आफन्तहरु छन् ।’

प्रकाश पटेल बासमा सवार नरहेको बताइएको छ । उनले बाराका आफन्तका लागी टिकक बुकिङ्ग गरिदिएका थिए ।

बस बेपता, खोजी जारी

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुई वटा बस र त्यसमा रहेका यात्रुको खोजी भइरहेको छ । पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :

नारायणगढ मुग्लिन सडक : पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगे, १७ किलोमा चालकको मृत्यु

 


सम्बन्धित समाचार