Logo

२८ असार, वीरगञ्ज । नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा खसेका दुई वटै बसमा सवार भएकाहरु बेपता रहेका छन् ।

उनीहरुको खोजी कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ । उक्त पहिरोमा हराई रहेकाहरुका आफन्त घटनास्थलमा जान चाहनेहरुका लागि होटल व्यवसायी महासंघले व्यावस्था गर्ने भएको छ । निःशुल्क बसको व्यवस्था गरे त्यहाँ घटनास्थलसम्म पु¥याउने होटल व्यवसायी महासंघका सचिव तथा होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पंतले जानकारी दिए ।

उनले नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा परि बिरगंजबाट छुटेको बस र काठमाडौंबाट रौतहटको गौर आईरहेका दुई ओटा बस त्रिसुलिमा खसेर बेपत्ता भएको खबरले अत्यन्तै दुखी तुल्याएको भन्दै परिवारका अन्य सदस्यलाई त्यहाँ पु¥याउने कार्यमा सहयोग गर्ने निर्णय गरिएको बताए ।

त्यहाँ सम्म पुगेर उद्दार तथा खोजबिन कार्य सकिएर पनि वीरगञ्ज नफर्के सम्म त्यही खाना र बासको समेत निशुल्क व्यवस्था मिलाईने पन्तले बताए । उक्त दुर्घटनामा परेका परिवारजनले होटल व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको मोवाईन नम्बर ९८५५०२१५२४, होटल ब्यबसायी महासङ्ग नेपालका अध्यक्ष एवम नारायणघाट स्थित होटलगङ्गोत्री पुल्चोकका संचालक दिनेश चुकेको सम्पर्क नम्बर ९८५५०५६०२६ र होटल ब्यबसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट अध्यक्षको मोवाईल नम्बर ९८५५०१४१८० मा फोन गरेर सहयोग लिन अपिल गरिएको छ ।

 


सम्बन्धित समाचार