Logo

५ पुष, काठमाडौं । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले महिला सशक्तिकरण महालक्ष्मी लाईफ कार्यक्रमको शुभारम्भ गरेको छ ।

चितवनको सौरहामा एक कार्यक्रमका विच कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले आजबाट सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागी संचालन गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नती नहुने भएकाले उनीहरुलाई अगाडी बढाउनेमा महिला सशक्तिकरण महालक्ष्मी लाईफ भन्ने कार्यक्रमले सघाउ पु¥याउने अध्यक्षशर्मा विश्वास व्यक्त गर्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सो कार्यक्रम बारे प्रकास पादै देशमा महिलाको जनसंख्या पुरुषको भन्दा बढ्दै गईरहेको हुँदा महिलाहरुलाई सक्षम र आर्थिक रुपमा सबल बनाएर आय आर्जनको बाटोमा अग्रसर गराउन सशक्तिकरण महालक्ष्मी लाईफ भन्ने कार्यक्रम ल्याईएको बताउनुभयो ।

हाल उक्त कार्यक्रम देशको ३० जिल्लामा परिक्षणको रुपमा संचालन हुने र यस कार्यक्रममार्फत ६० महिला र अप्रत्यक्ष रुपमा तीन हजार भन्दा बढी महिलालाई रोजगारी दिने लक्ष्य रहेको कार्यकारी प्रमुख भट्टराईले बताउनुभयो ।


सम्बन्धित समाचार